Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पर्यटन मन्त्री भट्टराई र चिनियाँ राजदूतबीच कोरोना रोकथामबारे कुराकानी


    मंगलबार, फाल्गुन २७ २०७६
    605
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा कोरोना भाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्व तयारीको बारेमा कुराकानी भएको हो । 

    मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभव बारेमा जानकारी दिनु भयो । राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पिडित भएका ८० हजार ९ सय बिरामी मध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताउनुभयो । 

    राजदूत यान्छीले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पुरा सहयोग रहने बताउनुभयो । उहाँले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व शर्तकता र तयारीको प्रशंसा समेत व्यक्त गर्नुभयो । चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाई थियो । 

    भेटमा मन्त्री भट्टराईले कोरोनाभाइरसको समस्याबाट चीन चाडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरीरहेको जानकारी दिनु भयो । अन्तराष्ट्रिय विमानस्थलमा चेकचाज, अस्पतालहरुमा वेडको व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्था लगायतका बिषयमा सरकारले गरीरहेको तयारीको बिषयमा मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
    मन्त्री भट्टराईले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको निम्ती सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरुमा भेला नगर्न सचेत गराएको बताउनुभयो । उनले कोरोनाभाइरसको बारेमा सञ्चार माध्यमहरुबाट सचेताना मुलक सूचनाहरु पनि प्रवाह गरिएको जानकारी दिनुभयो । 

    भेट मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, सहसचिव घनश्याम उपाध्याय लगायत मतहतका निकायका प्रमुखहरुको उपस्थीति थियो ।  भेटमा नेपालस्थित चिनियाँ राजदूताबासका उच्च अधिकारी सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार