काठमार्डाैं, २८ जेठ । करिब ३ महिनाको लकडाउनका कारण जनजीवन कष्टकर बनेको र ब्यवसाय संचालन गर्न नपाएका कारण नागरिक सडकमा उत्रिएपछि सरकारले पसल र व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय भोलि बिहीबारदेखि नै लागू हुने एक मन्त्रीले जानकारी दिएका छन् ।
त्यसैगरी सरकारले सशस्त्र प्रहरीका ३ एआइवीको सरुवा पनि गरेको छ । एकेडेमीका एआइजी पुष्पराम केसीलाई मानवस्रोत विभाग, कार्यविभागका नारायणबाबु थापा एकेडेमी र मानवस्रोतका एआइजी रामशरण पौडेलको कार्यविभागमा सरुवा भएको छ । सशस्त्र प्रहरी बलका एआइजीहरुको सरुवा केही समयअघि गर्न खोजिए पनि आइजीपी शैलेन्द्र खनालले १ बर्ष नपुगी गर्न मानेका थिएनन् । उनले नमानेपछि गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रस्ताव नल्याए गृहले नै गर्ने चेतावनी दिएपछि उनी गलेका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend