Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संशोधन विधेयक फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारवाही गर्ने


    बुधबार, जेष्ठ २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २८ जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छाप सम्बन्धी संविधान संसोधन विधेयक खारेजको माग गर्दै  बुधवार संसद सचिवालयमा संसोधन विधेयक दर्ता गराएकी थिइन् । 

    बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

    मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी बिधेयकमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर सांसद गिरीले भने पार्टीसँग अनुमति नलिई एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले सो प्रस्ताव फिर्ता नलिए सरिता गिरीलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ । 

    यसअघि जसपाका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले सरिता गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग होइन भन्दै दिएका अभिब्यक्तिलाई आधार मानी उनलाई कारबाही गर्ने प्रस्ताव पार्टीमा राखेता पनि उनलाई कारबाही भएको थिएन । तर बुधबार उनले नेपालको नक्सामा निशानछाप फेर्ने बिधेयकको पक्षमा सिंगो संसद एक ढिक्का भएको अवस्थामा उनले बुधबार संशोधन प्रस्ताव ल्याएपछि जसपाले उनलाई फिर्ता लिन निर्देशन दिएको हो । उनले फिर्ता नलिए कारबााही गर्ने जसपाले भनिसकेको छ ।

    karwahi sarita giri.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार