Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वाेच्चमा वकिल र प्रहरीबीच झडप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते


    बिहिबार, मंसिर २ २०७८
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । 

    सर्वाेच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । 

    कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा माग्दै बार केही सातादेखि आन्दोलनमा छ भने सर्वाेच्चकै न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका छन् । 

    प्रधानन्यायाधीश जबराले संवादबाट समाधान खोज्न गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार