Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रधानमन्त्री ओलीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने


    बुधबार, जेष्ठ २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २८ जेठ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रण र जाँचमा सरकार असफल सिद्ध भएको उल्लेख गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेको थियो । प्रधानमन्त्री ओलीले बजेटसँगै स्वास्थ्य क्षेत्रका विषयमा समेत धारणा राख्ने तयारी गरिरहेका छन् ।

    प्रतिनिधि सभाको ११ बजेको बैठकमा उनले प्रधानमन्त्री कार्यलय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका विषयमा उठेको प्रश्नमा जवाफ दिने भएका हुन् ।

    प्रधानमन्त्रीको जवाफ पछि आजै प्रतिनिधि सभाबाट बजेट पास गर्ने तयारी सरकारको छ ।  यसअघि हिजै बजेट पास गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा आजका लागि सारिएको थियो।

    प्रतिनिधि सभाको मंगलबारको बैठकले नयाँ नक्सा समेट्ने संविधान संशोधन विधेयकलाई सैद्धान्तिक स्वीकृती दिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार