Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली


    बुधबार, जेष्ठ २८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । संविधान संशोधनमा सिंगो संसदको समर्थन प्राप्त गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे संसदमा सम्बोधन गर्दैछन् ।
    प्रधानमन्त्री ओलीले संसदमा बजेटसम्बन्धी सांसदहरूले उठाएका विषयहरूलाई समेटेर सम्बोधन गर्ने कार्यक्रम छ ।

    संसद् सचिवालयको बुधवारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

    साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरूमा २६ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार