काठमाडौं, २७ फागुन । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको नेफ्टा फिल्म अवार्ड स्थगित भएको छ । अवार्डको दसौं संस्करण आगामी चैत २२ गते गर्ने तयारी भएको थियो ।
विश्वभर फैलँदै गएको कोरोना भाइरसका कारण स्थगित भएको संघले जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै सरकारले भीडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न अपिल गरेकाले अवार्ड निर्धारित मितिमा गर्न नसकिएको जनाएको छ ।
‘आाज उत्कृष्ट ५ मनोनयन गर्ने र चैत २२ गते टुँडिखेलमा भव्य र सभ्यरूपमा अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको थियो । ‘हामी मनोनयन सार्वजनिक गर्न असमर्थ छौं’, अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल (गीता) द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।