Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सिंगो संसदबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत


    मंगलबार, जेष्ठ २७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नक्सा संविधानको अनुसूचीमा समावेश गर्ने प्रस्ताव संसदबाट सर्वसम्मतिले पारित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७ माथि विचार गरियोस् भनी पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

    संविधान संशोधन प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा सहभागी भएका सबै सांसदले संविधान संशोधनको समर्थन जनाएका थिए । सैद्धान्तिक छलफलपछि सभामुख अग्निसापकोटाले निर्णायार्थ प्रस्तुत गरेको संविधान संशोधन विधेयक सर्वसम्मतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

    ‘हुन्न भन्ने आवाज सुनिएन तसर्थ नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु’ , निर्णायार्थ प्रस्तुत गरेपछि सभामुख सापकोटाले संविधान संशोधन प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका हुन् ।

    सरकारले यही जेठ ७ गते नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि सोहीअनुसार निशान छापलाई संविधानको अङ्ग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रयास गर्दैआएको थियो । जसलाई सिंगो संसदले स्वीकृत गरेको छ ।

    जेठ १७ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका पक्षमा उभिने निर्णय गरेपछि विधेयक प्रतिनिधिसभामा पेस भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङफेले जेठ १८ गतेको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरेकी थिइन् । त्यसलाई १८ गते नै सर्वसाधारणको जानकारीका लागि राजपत्र र गोरखापत्रमा प्रकाशन गर्न पठाइएको थियो ।

    संविधान संशोधनमा सर्वसम्मति कायम गर्न प्रधानमन्त्री केपी शर्मा ओली सफल भएका छन् । राष्ट्रियताको बिषयमा सबै दल एक ठाउँ आएका छन् । जसले गर्दा नेपालको भूमि जबर्जस्ती कब्जा गरेको भारतसामु अब ठूलो प्रश्न खडा भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार