Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा भएको हत्याको छानबिन गर्न नेकपाका नेताको माग


    मंगलबार, जेष्ठ २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २७ जेठ । रुपन्देहीमा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता छविलाल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका छन् ।

    मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले हत्याको निष्पक्ष छानबिन गर्न माग गरेका थिए । उनले भने, अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् । छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्दछु ।’सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

    सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताए ।

    उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् । प्रहरीका अनुसार रुपन्देहीमा भएको हत्याकाण्डमा संलग्नको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेका छन् ।नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिञ्जालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार