Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रेडमार्क चोरीका मुद्दाः चोरकै पक्षमा आदेश, प्रधानन्यायाधीशका भाइको सेटिङ, करोडौं घुसको कारोबार


    आइतबार, कार्तिक २८ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • ९ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायालय भ्रष्टाचारमा चुर्लुम्म डुबेको र उनका भाइभतिजा र ज्वाईलाई नै मुद्दाका बिचौलिया राखी न्यायिक मूल्यमान्यता नै समाप्त पार्ने काम गरेकाले राजीनामा दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशले इजलाल बहिस्कार गरेका छन् ।

    पुनरावेदन, विशेष अदालत र सर्वोच्चको न्यायाधीश हुँदा उनले गरेको फैसला पल्टाएर हेर्ने हो भने पनि उनले न्यायको सौदाबाजी नगरेका आदेश बिरलै होलान् । उनले हेरेका मुद्दा र आदेश अधिकांश नै विवादित छन् । तर पनि यस्तै विवादितलाई नेपाली कांग्रेसका धुरन्धर गणतन्त्रवादीका रुपमा चिनाउने तत्कालीन कानुन मन्त्री नरहरि आचार्यले उनलाई सर्वोच्चमा न्यायाधीश नियुक्त गरेका थिए । उनले पुनरावेदन, विशेष अदालत र सर्वोच्चको न्यायाधीश हुँदासम्म गरेका आदेशलाई छाडेर प्रधानन्यायाधीश भएपछि तीन बर्षमा गरेका फैसला मात्रै पल्टाउने हो भने पनि उनीमाथि महाभियोग लगाउने पर्याप्त आधार भेटिनेछन् । उनका धेरै विवादित फैसला त सार्वजनिक भइसकेका छन् ।

    २०७५ पुसमा प्रधानन्यायाधीश भएपछि गरिएका विवादित फैसलामध्येक ट्रेडमार्क सम्बन्धी आदेशलाई लिन सकिन्छ । कुनै पनि उद्योगले आफ्नो उत्पादनको ट्रेडमार्क दर्ता गर्नुपर्छ । तर नेपालमा ट्रेडमार्क चोरी गर्ने प्रवृत्तिले विदेशी लगानीकर्ताहरुसमेत हैरान भएका छन् । सरकार विदेशी लगानी आकर्षित गर्नका लागि करोडौं खर्च गरी लगानी सम्मेलन गर्छ । विभिन्न विदेशी फोरममा नेपालमा लगानी गर्न आग्रह गरिरहेको छ ।

    सरकारका मन्त्रीहरु विदेशी लगानीको लागि नेपाल उपयुक्त गन्तब्य हो भनिरहेका छन् । तर नेपालमा ट्रेडमार्क संरक्षण नभएको गुनासो विदेशी लगानीकर्ताहरुको छ । बजारमा प्रतिष्ठा कमाइसकेका ब्रान्डका ट्रेडमार्क मात्र होइन, विदेशी ब्रान्डका ट्रेडमार्क नक्कल गर्ने गिरोहको पहुँच नेपालको उद्योग विभागदेखि न्यायालयसम्म छ । ट्रेडमार्क चोरी गर्ने गिरोहका मुख्य नाइके हुन्–मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल र उनका भाइ श्रवण गोयल । उनीहरुको पहुँच सिधै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बेडसम्मै छ । गोयल ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेमध्येका एक मुख्य आरोपी पनि हुन् ।

    चावहिलको धोवीखोलाले चर्चेको र हाल नदीले बहाव छाडेको गोपीकृष्ण हलनजिकको १० आना सरकारी जग्गा पनि कैलाशचन्द्र गोयलले चोलेन्द्रशमशेरलाई घुस खुवाएर ब्यक्तिको हो भन्ने आदेश गराएका छन् । र, उक्त जग्गा आफ्नो नाममा ल्याई बिक्री गरिसकेका छन् ।

    मालपोत कार्यालय चावहिलको भवननजिककै टहरा बनेको नदीले बहाव परिवर्तन गर्दा खाली रहेको सरकारी जग्गा जग्गा गोयलले गैरकानुनी रुपमा दर्ता गरेका थिए । जुन जग्गालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश भएपछि उनकै नाममा दर्ता गर्न आदेश दिइसकेका छन् । दर्ता गर्न आलटाल गरेपछि प्रधानन्यायाधीश राणाकै दबाबमा फैसला कार्यान्वयन निर्देशनालयबाट पटक पटक ताकेता गरेपछि दर्ता गर्नुपरेको मालपोत कार्यालय चावहिलका प्रमुख कलक खड्काले बाध्यता सुनाउने गरेका छन् ।

    अन्तर्राष्ट्रिय उत्पादनका ट्रेडमार्क चोरीमा गोयल

    मारवाडीहरुबीचमा मुद्दा लडाई अदालतमा दलाली गर्ने भनेर कुख्याती कमाएका कैलाश गोयलले ‘कान्साई नेरोलेक पेन्टस्’ को ट्रेडमार्कमा देखाएको हर्कतले पनि नेपालको अदालतमा उनको पहुँचलाई प्रष्ट पारेको छ । कान्साई नेरोलेक कम्पनीका प्रतिनिधिले आफ्नो ट्रेडमार्क चोरी गर्ने गोयलमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेका थिए । तर उक्त मुद्दामा ट्रेडमार्क चोरी गर्ने गोयललाई अदालतको अवहेलनामा कानुन बमोजिम कारबाही गर्नुको साटो उल्टै कान्साई नेरोलेकका प्रतिनिधिलाई तारिखमा ठिंग्याएर दुःख दिने काम भयो । गोयल जस्ता दलालहरुको पहुँच अदालतमा कतिसम्म छ भन्ने उदाहरण हो यो । विदेशी लगानीकर्तालाई हतोत्साही कसरी गरिन्छ भन्ने यो ज्वलन्त दृष्टान्त हो ।

    ट्रेडमार्क चोरी गर्ने गिरोहका मुख्य नाइके कैलाश गोयलले प्रतिष्ठा कमाइसकेका विदेशीदेखि स्वदेशी ब्रान्डको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने गरेका छन् । र, पछि विदेशी कम्पनी नेपालमा लगानी गर्न आएपछि मुद्दा हालेर दुःख दिने गरेका छन् । अदालतसम्म सेटिङ गरी सक्कली उद्योगीका विपक्षमा फैसला गराउँदैआएका छन् । जसको ज्वलन्त उदाहरण हो, नेपाली बजारमा सुपरिचित जापानी ब्राण्ड कन्साई नेरोल्याक पेन्ट्स । नेरोल्याकको नेपाली कम्पनी ‘केएनपी’ जापान विरुद्ध गोयलले मुद्दा हालेका छन् ।

    झन्डै एक सय वर्ष पुरानो र ६० देशमा साझेदारीमा सञ्चालन रहेको बहुराष्ट्रिय कम्पनी कन्साईले नेपालमा ८ बर्षअघि उत्पादन सुरु गरेको हो । गोयलले चोरी गरेको तर कन्साईको विश्वभर परिचित आफ्नै आधिकारिक ट्रेडमार्कविरुद्ध अहिले २० वटा उत्पादनमा मुद्दा हालिएको छ ।

    ४० करोड रुपैयाँ विदेशी लगानी लिएर नेपाल भित्रिएको कन्साई पेन्ट्सको ट्रेडमार्क गोयलले चोरी गरिदिएपछि जापानी ब्राण्ड अहिले पनि मुद्दामै छ । १० बर्षसम्म पनि मुद्दामै अल्झिनुपरेपछि विदेशी लगानीकर्तामा कस्तो प्रभाव पर्ला ? यो मर्म अदालतले समेत बुझ्न सकेको छैन । घुसका आधारमा जस्तासुकै राष्ट्रघाती फैसला गर्न समेत पछि नपर्ने प्रधानन्यायाधीश राणाकोअ कार्यकालमा त झन् ट्रेडमार्क चोरीमा संलग्न गोयलको हौसला झन् बढेको छ ।  ट्रेडमार्क चोरी गर्ने गिरोहका कैलाश गोयलको पहुँच यति छ कि उनी हरेक न्यायाधीशको घरमा तरकारी, फलफूल बोकेर पुग्ने गरेका छन् । कतिपय न्यायाधीशको घरमा रङ लगाइदिने काम समेत गरिदिन्छन् । उनको काम नै चर्चित विदेशी वा स्वदेशी ब्रान्डको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने र पछि उक्त कम्पनीले उद्योग संचालन गरिसकेपछि मुद्दा हाल्ने, ठूलो रकम बार्गेनिङ गर्ने हुँदैआएको छ ।

    गोयलको उद्योग विभागदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्म सेटिङ छ । गोयलको सेटिङका कारण सक्कली ट्रेडमार्कको हकदार कन्साईले उद्योग विभागमा मुद्दा हा¥यो । कन्साईले उच्च अदालतबाट पनि मुद्दा हारेको थियो । सबै ठाउँबाट मुद्दा हार्दै सर्वोच्चमा पुगेको कन्साइको पुरानो मुद्दाको फैसला हुन नपाउँदै, गोयलको रुक्मिणी केमिकल्सले कन्साई विरुद्ध फेरि २० वटा उत्पादनमा ट्रेडमार्क दावी विरोधको मुद्दा हालेर हैरानी दिएको छ । यसरी गोयलले विदेशी लगानीकर्तालाई हतोत्साही बनाउन उद्योग विभागदेखि न्यायालयसम्म नै सेटिङ गरेका छन् ।

    चोलेन्द्रशमशेरका भाइ प्रभुशमशेर राणासँग उनको आइपेक्स मलमा दैनिकजसो उठबस रहँदैआएको छ । उनको काम नै उद्योग विभागका भ्रष्ट कर्मचारीसँग सेटिङ गरी विदेशी कम्पनीको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने हो । विशेष गरी गोयलहरूले बहुराष्ट्रिय कम्पनीको नाममा नेपालमा ट्रेडमार्क दर्ता गरेका छन् । तर उनीहरूको न उद्योग छ, न त उत्पादन छ न त अस्तित्व नै । 

    ट्रेडमार्ककै संरक्षण नभएपछि अन्तर्राष्ट्रिय लगानीकर्तामा नेपालबारे नकारात्मक धारणा फैलिन पुगेको छ । ट्रेडमार्क चोरीमा अदालतले पनि चोरलाई नै साथ दिने गरेका उदाहरणहरु छन् । ट्रेडमार्क चोरलाई अदालतले साथ दिनु राष्ट्रिय हितविरुद्ध छ । कन्साई नेरोलेकको ट्रेडमार्कका बारेमा ९ बर्षदेखि मुद्दा छ । जुन मुद्दा अहिले सर्वोच्चमा छ । 

    ट्रेडमार्क चोरीः विदेशी लगानीकर्ता हच्किंदै 

    सक्कली अन्तर्राष्ट्रिय उत्पादनका संचालकहरू नेपालमा लगानी गर्न आउँछन्, आफ्नो ट्रेडमार्क अर्कैले दर्ता गरिसकेको पाउँछन् । कन्साई नेरोलिक र राजनिवास गुट्खा कम्पनीको ट्रेडमार्क पनि चोरी गरी दर्ता गरियो । राजनिवास गुट्खाको मुद्दामा पनि करोडौं रुपैयाँको चलखेल गरी प्रधानन्यायाधीश राणाले चोरी गर्ने गणपति टोबाकोको पक्षमा फैसला गरेका छन् । वास्तविक राजनिवास कम्पनीको उत्पादन गर्दैआएको तेजराम धर्मपालले सर्वोच्च अदालतबाट मुद्दा हारेको छ । नक्कली उत्पादक गणपति टोबाकोले प्रधानन्यायाधीश राणाका भाइ प्रभुलाई सेटिङ गरी मुद्दा जितेको छ । भारतको धारा तेलकै ब्रान्ड हो भनेर त्यसको हुबहु ट्रेडमार्क चोरी गरी दर्ता गरेर केएल दुगडले नेपाली उपभोक्तालाई बिक्री गरिरहेका छन् । उनले भारतकै धारा तेल हो भनी उपभोक्तालाई झुक्याउन सफल छन् । तर भारतको धारा तेलसँग नेपालको कुनै पनि सरोकार छैन ।

    यी केही उदाहरण हुन्, नेपालमा ट्रेडमार्क चोरीका । ट्रेडमार्क चोरी गर्नेहरुलाई राज्यले कारबाही गर्ने होइन, न्यायालयले उनीहरुकै पक्षमा फैसला गरेका कारण नेपालमा लगानी गर्न आउने बहुराष्ट्रिय कम्पनीहरू निरुत्साहित हुँदैआएका छन् ।

    ट्रेडमार्क चोरीदेखि औद्योगिक वातावरण नभएकाले भारतीय सिमेन्ट उत्पादक कम्पनी रिलायन्स ग्रुप नेपालमा लगानी गर्नबाट हच्कियो । ४० अर्ब रुपैयाँ लगानी गरी दैनिक ७ हजार टन सिमेन्ट उत्पादन गर्ने प्रस्ताव गरेको रिलायन्सले नेपालमा उक्त ट्रेडमार्क अर्कैको नाममा दर्ता भइसकेको थाहा पाएपछि अन्तिम समयमा पछाडि हटेको थियो । उद्योग विभागमा ७ सयभन्दा बढी उद्योग तथा कम्पनीले ट्रेडर्माक चोरीको उजुरी दर्ता गराएका छन् । तीमध्ये कतिपय मुद्दा अदालतमा पुगेका छन् ।  अदालतमा ट्रेडमार्कको मुद्दाका बिचौलिया गोयलको सेटिङमा मात्र मुद्दा फैसला हुँदैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार