सीतादेवी यादव, उषा यादव, सरिता गिरी, शैलकुमारीदेवी महतो, डिम्पल झा र राज्यलक्ष्मी गोल्छा
काठमाडौं । दक्षिण एसियाली देशमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सबैभन्दा लचिलो छ । भारतीय नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ बर्षपछि मात्र अंगीकृत नागरिकता प्रदान गर्ने कानुन छ । तर नेपालमा विवाह गर्नासाथ अंगीकृत नागरिकता दिने प्रावधान छ । जसका कारण नेपालीसँग विवाह गर्ने भारतीय चेलीहरुश नेपालको सांसद र मन्त्रीदेखि पार्टीको पदाधिकारीसम्म हुन सफल भएका छन् ।
अन्य राष्ट्रले आफ्ना नागरिकसँग विदेशी महिलाले विवाह गरेको निश्चित समयपछि मात्र वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखेका छन्. । तर नेपालले विवाह गर्नासाथ विदेशी महिलालाई अंगीकृत नागरिकता दिने प्रावधान छ । अगीकृत नागरिकता दिने निश्चित अवधि नराखे नेपाल फिजी हुनेछ ।
भारतका पूर्व प्रधानमन्त्री स्व. राजीव गान्धीसँग ३०–३५ बर्षअअगाडि विवाह गरेर आएकी सोनिया गान्धीलाई इटलीमा जन्मेकै आधारमा प्रधानमन्त्री हुनबाट रोकियो । तर नेपालमा विवाह गर्नासाथ अंगीकृत नागरिकता लिएका भारत माइती भएका सरिता गिरी, सीतादेवी यादव, रेणु यादव मन्त्री भइसकेका छन् । डिम्पलकुमारी झा प्रदेश २ को राज्यमन्त्री भइन् ।
नेपाली नागरिकसँग विवाह गरेका भारतीय चेलीहरुले अंगीकृत नागरिकता लिन पाउने प्रावधानले उनीहरु राजनीति गर्दै सांसद र मन्त्री भएका छन् । नेपालमा सांसद मन्त्री भएर नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको हो भनेर खुलेआम बोल्ने गरेका छन् । यदि भारतको संसदमा आफ्नो भूभाग नेपाल वा चीनको हो भनेर बोलेको भए उत्तिखेरै सांसदबाट बर्खास्त गरी जेलमा कोचिन्थ्यो । तर नेपालमा खुलेआम नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको हो भन्ने सरिता गिरीलाई अझै पनि छात्ती फुलाएर हिंड्ने छुट दिइएको छ । उनको माइती भारतको बिहार हो । उनी नेपालमा सांसद र श्रम मन्त्रीसमेत भइन् । श्रम मन्त्री हुँदा भ्रष्टाचार आरोपमा बर्खास्त भएकी थिइन् । र, रत्नपार्क शान्तिवाटिकामा अनसन बस्दा राति राति खाएको बिषय सार्वजनिक भएपछि अनसन नै त्यागेर अलप हुनुपरेको थियो । अहिले तिनै सरिता गिरी नेपाली भूभाग भारतको हो भनेर खुलेआम भनिरहेकी छन् ।
त्यस्तै भारतमा जन्मिएकी जनता समाजवादी पार्टीकी नेतृ रेणु यादव पंचायतकालदेखि नै राजनीतिमा उदाएकी छन् । उनी पटक पटक मन्त्री भइसकेकी छन् । हाल पनि उनी सांसद हुन् । उनको माइती बिहार मोतिहारी हो । नेपाली कांग्रेसकी कोषाध्यक्ष सितादेवी यादवको माइती पनि भारत नै हो । उनी यसअघि शान्ति तथा पुननिर्माण मन्त्री भइसकेकी छन् । हाल पनि उनी सांसद हुन् ।
त्यस्तै २ नम्बर प्रदेशकी जसपाकै सांसद डिम्पलकुमारी झाको माइती भारतको बिहार सितामढी हो । उनी केही महिनाअघिसम्म २ नम्बर प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्री थिइन् । भारतको दरभंगा माइती भएकी उषा यादव २ नम्बर प्रदेशकी अर्थराज्यमन्त्री हुन् । उनी तत्कालीन संघीय समाजवादी फोरम(हाल जसपा)की सांसद हुन् । भारत माइती भएकी अंगीकृत नागरिकताधारी राज्यलक्ष्मी गोल्छालाई पनि एमालेले सांसद बनाएको थियो ।
अघिल्लो संसदमा भारत माइती भएका आशा चतुर्वेदी, शैलकुमारी देवी महतो, फुलझरी देवी, माधवी साह सांसद थिए । त्यस्तै, दिपशिखा शर्मा र तेजमा आलम पनि सांसद भएका थिए । चतुर्वेदी मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक)बाट सांसद थिइन् । शैलकुमारी सद्भावना पार्टीबाट सांसद थिइन् । उनी तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकी श्रीमती भएकै कारण सांसद भएको चर्चा पनि भएको थियो । किनकि २०७० मा महतो चुनावमा पराजीत भएका थिए । माधवी साह पनि सद्भावनाबाटै सांसद थिइन् । कलकत्ता माइती भएकी दिपशिखा शर्मा स्व. डा. धु्रव शर्माकी पत्नी हुन् । नेपाली कांग्रेसले उनलाई सांसद बनाएको थियो । चतुर्वेदी बिहारकी हुन् । शैलकुमारी बिहार सितामढीकी हुन् । साहको माइती मोतिहारी हो । मोतिहारीकी फुलझरीदेवी तत्कालीन माओवादी केन्द्रबाट सांसद भएकी थिइन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend