Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषध मुद्दाका फरार दुई अभियुक्त पक्राउ


    बिहिबार, कार्तिक २५ २०७८
    475
    Shares
  • १ मिनेट पाठ
  • तनहुँ। तनहुँ प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा चार वर्षदेखि फरार रहेका दुई युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

    जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ र २६ वर्षीय विजय अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । 

    दुवैलाई लागूऔषध मुद्दामा जिल्ला अदालत तनहुँले १४ असार २०७४ मा दोषी ठहर गर्दै १० दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार