Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीएसपीको सरुवा निकाल्ने तयारी, कालिमाटी बृत्तमा घिमिरे पक्का 


    बिहिबार, कार्तिक २५ २०७८
    745
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक नेपाल प्रहरीले डीएसपीको सरुवा निकाल्न लागेको छ । डीएसपीको सरुवा सूची बनिसकेको छ । संभवतः आजै सरुवा सार्वजनिक गर्ने तयारी छ ।

    काठमाडौं उपत्यकाका महानगरीय प्रहरी बृत्त कालिमाटी र बालाजुका इन्चार्जको एक बर्ष पूरा भएकाले नयाँ डीएसपी जानेछन् । कालिमाटी बृत्तका डीएसपी अपिल बोहरा र बालाजुका निर्मल बुढाथोकीको एक बर्ष पुगिसकेको छ । अरु धेरै जिल्लाका डीएसपी पनि परिवर्तन हुँदैछन् ।

    काठमाडौंको महानगरीय प्रहरी बृत्त कालिमाटीमा सीआईबीका डीएसपी अनिल घिमिरेको तय भइसकेको छ । यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई मामा भन्दै कालिमाटी सरुवा हुन लागेका थिए । गुरुङले गृहसचिव न्यौपानेलाई फोन नै गरी उनलाई कालिमाटी सरुवा गरिदिन सिफारिस गरेका थिए ।

     घिमिरेका जोईपोई नै प्रहरीमा छन् । श्रीमती शर्मिला गुरुङ यूएन शाखामा बसी आफैंले प्रश्नपत्र आउट गरी मिसनमा पटक पटक जान सफल भइसकेकी छन् । इन्स्पेक्टरका लागि काठमाडौंको अति आकर्षक मानिने बलम्बु प्रभागको इन्चार्ज पनि उनी भइसकेकी छन् । श्रीमान अनिल घिमिरेले पनि धेरै पटक अवसर पाइसकेका छन् । तत्कालीन गुहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई कालिमाटी बृत्तमा सरुवा हुनका लागि १४ पेटी अग्रिम पेश्की समेत दिइसकेका थिए । घुस नै दिएको सूचना तत्कालीन गृहसचिव महेश्वर न्यौपानेसम्म पुगेपछि उनको सरुवा कालिमाटी हुनबाट रोकिएको थियो ।  

    ओलीकी श्रीमती राधिका शाक्यको निकट भन्ने बिचौलिया अनिल शाहीसँग घनिष्ट सम्बन्ध बनाएका थिए घिमिरेले । उनी एमालेको कार्यकर्ताकै रुपमा प्रस्तुत हुने गरेका थिए । तर अहिले बालकृष्ण खाँण गृहमन्त्री भएपछि उनी कांग्रेसको खाँट्टी कार्यकर्ता भन्दै नेतानेताकोमा धाउन थालेका छन् ।

    घिमिरेलाई कालिमाटी सरुवा गराउनका सीआइबीका प्रमुख डीआइजी धिरजप्रताप सिंह पनि लागेका छन् । सीआइबीमा पनि घिमिरेले घुस संकलन गरी हाकिम खुसी पारेकाले उनलाई कालिमाटी सरुवा गराउन डीआइजी सिंह लागेको चर्चा छ ।

    अपहरण तथा शरीर बन्धकमा गतबर्ष गतबर्ष पक्राउ परेका मलेसियाका डेभिड श्रेष्ठसँग कनेक्सन भएका धेरैलाई इन्स्पेक्टर घिमिरेले फोन गर्दै फसाइदिने भनेर मोलमोलाई गरेको स्रोतले बताएको छ । मलेसियामा रहेका नेपालीहरु जसको डेभिडसँग कनेक्सन थियो, उनीहरुसँग ह्वाट्सऐपबाट कल गर्दै उनले रकम मागेको आरोप छ । उनी झापाका नेतालाई झापै घर भन्छन् भने बुटवलकालाई बुटवल नै भनेर बहुरुप देखाउने गर्दछन् । अहिलेका गृहमन्त्री खाँणलाई पनि बुटवलै घर भन्दै कालिमाटी सरुवा हुन लागेका छन् ।

    डीआइजी धिरजप्रताप सिंहसँगनिकट उनी एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाकोमा पनि हजुरकै मानिस हुँ भन्दै चाकरी गर्न पुग्ने गर्दछन्् । हालका शिक्षामन्त्री देवेन्द्र पौडेलमार्फत् पनि घिमिरेले कालिमाटी सरुवा हुन दबाब दिने काम गराएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार