Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी बैठकः महाधिवेशन काठमाडौंमा गर्ने, न्यायालयको विवादमा हस्तक्षेप नगर्ने


    मंगलबार, कार्तिक २३ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । 

    मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । 

    उनका अनुसार बैठकले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिल र न्यायाधीशले जारी राखेको आन्दोलनमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप नगर्ने निर्णय गरेको छ । 

    न्यायालयको विवाद आन्तरिक भएको ठहर गरेको बैठकले न्यायालयभित्रैबाट यो समस्याको समाधान हुनुपर्ने भनेको छ । बैठकले संशोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको महराले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार