Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्वेतपत्र जारी गर्ने बाग्मती मुख्यमन्त्री पाण्डेको घोषणा


    सोमबार, कार्तिक २२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा ।  बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् । 

    प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले पूर्ववर्ती सरकारले गरेका काम, गर्न बाँकी रहेका कार्य र गर्न नहुने गरेका कार्यलाई समेटेर श्वेतपत्र जारी गर्ने जानकारी दिएका हुन् । 

    आफ्नो सरकारले क्यालेन्डर बनाएर काम गर्ने भन्दै उनले राम्रो काम गर्नेलाई प्रोत्साहन र राम्रो काम नगर्नेलाई दण्डित गर्ने बताए । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुँदै छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार