काठमाडौँ, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन्। आइतबार मन्त्रालयको प्रबक्ताको जिम्मेवारी डाक्टर जागेश्वर गौतमलाई दिइएको छ। गौतमलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थियो।
मन्त्रालयका प्रशासन विभागका प्रमुख रघुराम बिष्टले हाल प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको जानकारी दिए।
कोरोनाभारइसको संक्रमण सुरू भएदेखि देवकोटा प्रवक्ता थिए। उनले नै मन्त्रालयको नियमित अपडेट गराउँदै आएका थिए। पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छ। केही समयअघि मात्र मन्त्रालयमा नयाँ सचिवको रूपमा लक्ष्मण अर्याललाई ल्याइएको थियो।
यस्तै स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र विभागकै व्यवस्थापन प्रमुख भोगेन्द्र डोटेललाई पनि मन्त्रालय तानिएको थियो।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend