Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीशले सेटिङ भन्ने शब्दलाई सर्वोच्चमा संस्थागत गरेकाे अधिवक्ता त्रिपाठीकाे आरोप


    सोमबार, कार्तिक २२ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ककाठमाडाैं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा सेटिङ भन्ने शब्दलाई संस्थागत गरेको आरोप लगाएका छन् ।

    नेपाल बार एसोसिएसनको आन्दोलनका क्रममा उनले प्रधानन्यायाधीशले पेसी तोक्दा गोलाप्रथालाई नजरअन्दाज गरेकाे बताउँदै उनले आफू अनुकूलको न्यायाधीशलाई मुद्दा हेर्ने जिम्मेवारी दिएकाे समेत आरोप लगाए ।

    ‘वर्तमान प्रधानन्यायाधीशले सर्वोच्चमा सेटिङ भन्ने शब्दलाई संस्थागत गर्नुभयो । त्यहीकारण उहाँले गोलाप्रथा गर्न चाहनुभएन’, त्रिपाठीले भने।

    आज इजलास तोक्ने क्रममा प्रधानन्यायाधीशले गोलाप्रथा गरेका थिएनन् भने ७ वटा मुद्दा हेर्न ६ वटा इजलास तोके । यस्तै प्रधानन्यायाधीशले आफूलाई समेत इजलास तोक्ने काम गरेका छन् । जुन न्यायाधीशहरूसँग भएको भनिएको सहमति विपरित भएको बताइएको छ । 

     
    प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून कालो ब्यानरसहित व्यवसायीहरूले सोमबार पनि प्रदर्शन गरेका छन् । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार