Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिभरपुलको पहिलो हार, वेस्ट ह्यामसँग ३-२ ले पराजित


    सोमबार, कार्तिक २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ ।

    आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो ।

    वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे । लिभरपुलको लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र  डिभोक ओरिगीले गोल गरे ।

    जितसँगै वेस्ट ह्याम ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित लिभरपुल ६ जित, ४ बराबरी र १ हार सहित २२ अंक बनाएर चौथो स्थानमा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार