Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आकस्मिक अवतरण गरेको विमानबाट विदेशी यात्रुहरू किन भागे ?


    सोमबार, कार्तिक २२ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • एजेन्सी । विमान चढेर आएका विदेशी आप्रवासीहरूले अवैध रूपमा स्पेन प्रवेश गर्न खोजेपछि स्पेनमा अतिव्यस्त मानिने एउटा विमानस्थल शुक्रवार झन्डै चार घण्टा बन्द भएको छ।

    मोरक्कोको कासाब्लाङ्काबाट टर्कीको इस्तान्बुल उडेको विमानभित्र एक यात्रु बिरामी परेको सूचना आएपछि उक्त उडान पाल्म डे मयोर्कातिर मोडिएको थियो।

    विमानले अवतरण गरेपछि २१ यात्रुहरू धावनमार्गबाट दौडेर विमानस्थलको परिधि घेर्न राखिएको तारबार नाघेर भागेका थिए। प्रहरीले पछि केही व्यक्तिलाई पक्राउ गर्‍यो भने १२ जना शनिवार रातिसम्म फेला परेका थिएनन्।

    प्रहरीले ती आप्रवासीहरू विमानले अवतरण गरेपछि अकस्मात् भागेका हुन् कि उनीहरू योजनाबद्ध रूपमा नै अवैध रूपमा स्पेन छिर्न आएका हुन् भनेर छानबिन गरिरहेको छ।

    बालियारिक द्वीपकी वरिष्ठ सरकारी अधिकारी आइना काल्भोले स्पेनको विमानस्थलमा पहिलो पटक त्यस्तो घटना भएको बताइन्।

    कसरी भागे यात्रुहरू ?
    मधुमेहबाट पीडित मोरक्कोका एक यात्रु अचेत भएको भनिएपछि एअर अरेबिया मारोकको विमान उक्त विमानस्थलमा आकस्मिक रूपमा ओर्लिएको थियो।

    बिरामी भएका भनिएका यात्रुलाई विमानबाट निकाल्न आकस्मिक सेवाका कर्मचारीहरू विमानभित्र गए। त्यही बेला २१ यात्रु भर्‍याङबाट ओर्लिएर भागे।

    प्रहरीले विमानबाट भागेका यात्रुको खोजी गरेको थियो । उनीहरू रोकेर राखिएका अरू विमानमुनि लुक्दै भागेको बताइएको छ।

    परीक्षण गर्दा स्वस्थ र तन्दुरुस्त देखिएपछि बिरामी भएको भनिएका ती मोरक्कोका पुरुषलाई अस्पतालले बिदा दियो।

    तर उनी अवैध रूपमा स्पेन प्रवेश गरेको अभियोगमा पक्राउ परेको एउटा स्पेनी सञ्चारमाध्यमले जनाएको छ। उनीसँग अस्पताल गएका अर्का यात्रु पनि बेपत्ता भएका छन्।

    मयोर्का डेली बुलेटिनका अनुसार पक्राउ परेका आप्रवासीमध्ये अधिकांशलाई जनपद प्रहरी ग्वार्दिया सिबिलले फेला पारेको थियो। तीमध्ये एक जनालाई मानाकोर जानेबाटोमा हिँडिरहेको बेला समातिएको बताइएको छ।

    प्रहरीले विमानमा आक्रामक व्यवहार देखाएको आरोपमा पक्राउ गरेका एक व्यक्तिसहित कुल २४ जना उक्त घटनामा संलग्न भएको बताइएको छ।

    उक्त घटनाका कारण झन्डै ६० वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए। ती उडानहरू या त अन्यत्रै मोडिएका थिए या ढिलो भएका थिए।

    पछि बाँकी यात्रु लिएर एअर अरेबिया मारोकको विमान टर्की उडेको थियो। बीबीसी नेपाली 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार