Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उत्कृष्ट अंक ल्याउने छात्र/छात्रा पुरस्कृत


    आइतबार, कार्तिक २१ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र/छात्रालाई पुरस्कृत गरिएको छ । विभिन्न कक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्दै कक्षा स्तरोन्नति गर्ने १० छात्र/छात्रालाई तिहारको देउसी समापन समारोहमा शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो । 

    कक्षा ४ मा प्रथम स्थान प्राप्त गर्ने सजना राई, कक्षा ३ मा प्रथम स्थान प्राप्त गर्ने भावना राई, कक्षा २ मा प्रथम स्थान प्राप्त गर्ने यशोदा राई र कक्षा १ मा प्रथम स्थान प्राप्त गर्ने रजिन राईलाई पुरस्कृत गरिएको छ । यस्तै, कक्षा ५ मा दोस्रो स्थान प्राप्त गर्ने सिलसिला राई, कक्षा ४ मा दोस्रो स्थान प्राप्त गर्ने माइकल राई, कक्षा २ मा दोस्रो हुने उत्तम राई, कक्षा ९ मा तेस्रो स्थान प्राप्त गर्ने दिलीप राई, कक्षा ५ मा तेस्रो स्थान प्राप्त गर्ने आशिका राई र कक्षा १ मा तेस्रो स्थान प्राप्त गर्ने एनिसा राईका अभिभावकलाई सम्मान गरिएको छ । पुरस्कृत बालबालिका च्यास्मीटार मावि र कालिका प्रावि बाहुनीडाँडामा अध्ययनरत छन् । 

    बालबच्चालाई विद्यालय नपठाउने अभिभावकको चेतना अभिवृद्धिका लागि उत्कृष्ट छात्र/छात्रालाई सम्मान गरिएको अभिभावक खबिराज राईले बताए । उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र/छात्रालाई च्यास्मीटार माविका प्रअ तेजकुमार राई, शिक्षक जीवराज राई, च्यास्मीटार महिला कृषि सहकारी संस्थाका अध्यक्ष अमृता राई, अभिभावक एवं युवा नेता रसकुमार राईले अविरलगाएर कापी र डटपेन प्रदान गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार