Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आश्चर्यजनक घृणित कार्य: जसले सय महिलाका शव बलात्कार गरे


    आइतबार, कार्तिक २१ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । इङल्याण्डको पूर्वी ससेक्स राज्यमा एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ 

    त्यहाँको हेथफिल्ड सहरमा घृणित कार्य गरेको ३४ वर्षपछि दोषीलाई कारबाही हुन लागेको हो ।महिलाको शव बलात्कार गरेको अभियोगमा हाल ६८ वर्ष उमेरका डेभिड फुलरलाई अदालतले दोषी ठहर गरेको हो ।

    सजाय सुनाउन भने बाँकी छ । इङल्याण्ड प्रहरीका अनुसार उनले १२ वर्षसम्म शव गृहमा रहेका महिलाको शव बलात्कार गरेका थिए । उनले झण्डै सय वटा महिलाका शव बलात्कार गरेका थिए । तर यसबारे कसैलाई थाहा भएन ।

    फुलरले सन् १९८९ देखि १२ वर्षसम हेथफिल्ड अस्पतालका दुई वटा मुर्दाघरमा ल्याइएका महिलाका शवसँग घृणित कार्य गरेका थिए । उनी त्यहाँका प्राविधिक थिए । अनुसन्धानबाट पत्ता लागेअनुसार फुलर मुर्दाघरमा राति अबेरसम्म काम गर्थे, जतिबेलासम्म अन्य कर्मचारी घर गइसकेका हुन्थे । यो घटना अनुसन्धानका लागि इङल्याण्ड प्रहरीलाई २.५ मिलियन युरो खर्च लागेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार