Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्याे इतिहास


    आइतबार, कार्तिक २१ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २१ कात्तिक । आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो।

    पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ  पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका छन्।

    दक्षिण अफ्रिकासँगको अन्तिम लिग खेलमा हार व्यहोरे पनि इंग्ल्याण्डको टोली तेस्रो पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। योसँगै न्युजिल्याण्डले तेस्रो पटक र भारतले चौथो पटक यस्तो गर्ने मौका पाएको छ।

    सन् २००९ को टी-२० विश्वकपको विजेता टोली सात पटकमध्ये पाँच पटक सेमिफाइनल खेलेको छ भने पछिल्ला दुई प्रतियोगितामा टोलीको प्रदर्शन राम्रो थिएन। पाकिस्तान सन् २०१४ र २०१६ मा भएको आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेन। 

    सन् २००७ मा एमएस धोनीको कप्तानीमा भारतले टी-२० विश्वकप जित्दा पाकिस्तान उपविजेता बनेको थियो। र, योसँगै पाकिस्तानले सेमिफाइनल जित्यो भने सबैभन्दा धेरै पटक फाइनल पुग्ने टोली बन्नेछ।

    पाकिस्तान, इङ्ल्यान्ड र अष्ट्रेलिया टी-२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेका छन्। भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्ये एक टिमले अब सेमिफाइनलमा स्थान बनाउने छन्।

    सबैभन्दा धेरै पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने टोलीहरूः 

    पाँच पटक–पाकिस्तान
    चार पटक–अष्ट्रेलिया
    चार पटक–श्रीलंका
    चार पटक– वेस्ट इन्डिज
    तीन पटक– इंग्ल्याण्ड
    तीन पटक–भारत
    दुई पटक–न्युजिल्याण्ड
    दुई पटक–दक्षिण अफ्रिक

    भारत र  न्युजिल्याण्ड टोलीसँग सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार