Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षामन्त्रीलाई लक्षित गरी संसदमा गगन थापाको आक्रोश


    आइतबार, जेष्ठ २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संघीयता विरोधी भएको टिप्पणी गरेका छन् । सांसद थापाले राष्ट्रपतिलाई श्री ६ बनाउने अधिकार कहाँ छ भन्दै संसदमै आक्रोश पोखे।

    आइतबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेटमा समेटेका कार्यक्रमबारे प्रश्न गर्दै थापाले भने, ‘शिक्षामन्त्रीलाई सोध्न मन लागेको छ, राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ॽ

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राखिएको कार्यक्रममा आपत्ति जनाउँदै उनले भने, ‘हिजो राजाको बक्सिस जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मनलाग्दी पैसा दिन पाउने कार्यक्रम संघीयता, संविधान र व्यवस्थाविरोधी छ।’गत वर्ष ५ अर्ब बजेट छुट्याएको ठाउँमा यो कार्यक्रमका लागि यो वर्ष ६ अर्ब रुपैयाँ छुट्याइएको छ । बैठकमा खर्च कटौती प्रस्ताव राख्दै थापाले यो संघीयता र संविधान विरोधी कार्यक्रम भएको बताए ।

    उनेल अघि भने, ‘यो कार्यक्रम बनाउँदै गर्दा ईडीसीडीमा तलब नपाएर बसेका सहर्जकर्ता, विद्यालयका कर्मचारी, भोक्कै बसेका आंशिक प्राध्यापकहरुको याद आएन ?’

    यस्तो कार्यक्रमलाई छ अरब बजेट दिइएकोमा उनले आपत्ती जनाए । गत वर्ष पाँच अरब बजेट भएको यस्तो कार्यक्रमलाई अहिले छ अरब दिएर अधिकार दूरूपयोग गर्न खोजिएको उनको आरोप छ ।शिक्षा मन्त्रीले यस्ता कार्यक्रम बनाउँदा तलब नपाएका सहजकर्ता, शिक्षक र आशिंक प्राध्यापकको याद गर्नुपर्ने थापाको सुझाव छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार