Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता


    आइतबार, कार्तिक २१ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्।

    भारतका स्वास्थ्य अधिकारीहरूले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले सतर्क रहन आह्वान गरेको हो।

    उनीहरूका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो। उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ।

    उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरूले गएको दुई सातामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ।

    दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि जिका भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार