Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लार्फागाउँमा खानेपानी चरम अभाव


    आइतबार, कार्तिक २१ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत, २१ कात्तिक । पलाँता गाउँपालिका–२ लार्फागाउँमा खानेपानीकाे चरम अभाव भएको छ । यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन् । 

    पलाँताकी अमनि बिश्वक्रर्माका अनुसार गाउँमा पानी भर्ने एउटै मात्रै स्थान छ । सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड हुने गर्छ । बिहानै पानी लिन आए दिनभर लाग्ने र  दिनहुँजसो झगडा हुने उनले बताइन । यस्तै, जितन बिश्वक्रर्माले पनि एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नु पर्ने बताए ।

    गाउँपालिका र हुरुन्डेक नेपालले खानेपानीका लागि भने काम गरिरहेको बताएका छन् । अबको १५ दिनमा लार्फाका सबै नागरिकको घरघरमा धारा हुने वडा अध्यक्ष बिरी कामीले बताए । कर्णालीका विकट गाउँका नागरिकले अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार