Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउसी खेल्न गएका युवाको ट्याक्टरबाट लडेर मृत्यु


    आइतबार, कार्तिक २१ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । देउसी-भैलो खेल्न गएका एकजनाको शनिबार राति मृत्यु भएको छ ।  ट्याक्टरमा बसेर महोत्तरी गौशालाको रजखोरदेखि रामनगरतर्फ जाने क्रममा रजखोरका स्थानीय २२ वर्षीय युवा अजय रानाको मृत्यु भएको हो ।

    ट्याक्टरबाट लडेर टाउकोमा गहिरो चोट लागेका रानाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

    २० जनाको समूह बनाएर स्थानीय युवा देउसी खेल्न ट्याक्टर मा यात्रा गरेर  रामनगरतर्फ गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार