Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इराकका प्रधानमन्त्रीको हत्या गर्ने प्रयास, सरकारी निवासमै गरियो यस्तो शक्तिशाली ड्रोन हमला


    आइतबार, कार्तिक २१ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीको आधिकारिक निवासमा आइतवार बिहान विस्फोटक पदार्थले भरिएको ड्रोन हमला गरिएको रिपोर्ट सार्वजनिक भएको छ। 

    समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान भएको यो हमलामा प्रधानमन्त्री निवासलाई निशाना बनाइएको छ । इराकी सेनाले उक्त हमला प्रधानमन्त्रीको हत्या गर्ने प्रयास भएको बताएको छ तर उनी पूर्णतया सुरक्षित छन् ।

    इराकी सेनाले जारी गरेको अर्को विज्ञप्तिमा यो आक्रमण इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको पनि बताइएको छ । यस बाहेक सेनाले अरु कुनै जानकारी दिएको छैन ।

    दुई इराकी सरकारी अधिकारीहरूले रोयटर्स समाचार एजेन्सीलाई प्रधानमन्त्रीको निवासमा कम्तिमा एउटा विस्फोट भएको बताए । उनीहरुले पनि प्रधानमन्त्री सकुशल रहेको पुष्टि गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार