Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु


    आइतबार, कार्तिक २१ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ। दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । 

    गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । 

    उनी थापाका कान्छी श्रीमती हुन् । हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार