Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ गोल भएको खेलमा बार्सिलोना रोकियो, रियल विजयी


    आइतबार, कार्तिक २१ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब  बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेकाे छ ।

    शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियाे ।  दोस्रो हाफमा  ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो । 

    सेल्टा भिगोको मैदानमा सुरुवाती ३ गोल  भए पनि बार्सिलोना अन्तिम समय ३-३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । 

    बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपाएले एक-एक गोल गरे । सेल्टा भिगोको लागि लागो आसपासले दुई तथा नोलिटोले एक गोल गरे । 

    जोडी अल्वाको पासमा फातीले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।  कप्तान सर्जियो बुस्केटले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औँ मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा  ३-० को अग्रता दिलाए ।

    दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्‍याे । बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ । सेल्टाभिगो १५औँ स्थानमा छ ।

    शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियलले रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ । 

    घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रूस र करिम बेन्जेमाले एक-एक गोल गरे । भालेकानोको लागि राडामेल फाल्काओले सान्त्वना गोल गरे । 

    जितसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ । १३ खेलबाट २० अंकसहित भालेकानो छैटौँ स्थानमा रह्यो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार