Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भुजा, चिउरा र दहीमा अडेको दिदीबहिनी दाजुभाइको सम्बन्ध


    शनिबार, कार्तिक २० २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सुधा देव

    सप्तरी । हामी सानालाई त सधैं उस्तै हो, मिठो खान पाए, राम्रो लगाउन पाए पो चाड पर्व नत्र कागलाई बेल पाक्यो हर्ष न बिस्मात !

    यो भनाइ राजविराज नगरपालिका वडा नम्बर १ का ७० वर्षीया सुला रजकको हो । उनी पाँच दशकभन्दा बढी समयदेखि ठेला गाडी चलाउँदै आएका छन् । उनको परिवारको जीवन ठेला गाडीमै अडेको छ ।

    उनको आठ जनाको परिवार त्यहीँ ठेला चलाएर जीविको उपार्जन गर्दै आएको छ । उनी भन्छन्, ‘ठेला चलाएको दिन परिवारको दुई छाक टर्छ । नत्र भोकभोकै बस्नुपर्ने बाध्यता छ । `

    उनलाई चाडपर्व आयो कि दशा आए जस्तो लाग्छ । उनले थपे, ‘चाडपर्व आएपछि अरू केही नभए पनि दशैँ, तिहारमा पूजा गर्नैपर्‍यो, छठको भाकल पुरा गर्नैको लागि ऋणको थुप्रो हुन्छ ।`

     तिहारमा दिदीबहिनीकोको लागि भुजा, चिउरा र दही बाहेक यत्रो उमेरसम्म केही लाननसकेको उनी पोख्छन् । हजुरबुबा, बुवा र आफूले समेत दिदी बहिनीको लागि वर्षमा पनि एक पटक तिहारको बेला चिउरा, भुजा र दही बाहेक केही लग्न नसकेको उनी सम्झन्छन् ।

    भएका दुई दिदी बितिसकेका र एउटा बहिनीका लागि पनि एकसरो लुगा लान नसकेको उनी बताउँछन् । त्यस्तै सोही ठाउँकी ६० वर्षीया कुशमी देवी बिहानै दूध बेच्न आउँदा हतारिएकी थिइन् । उनी भन्दै थिइन्, ‘छिटो घर जानुपर्छ। बुढा टीका लगाउन दिदीको घर जाने रे ! उहाँलाई
    दिदीकोमा जानका निम्ति चिउरा, भुजा र दही कोसेली ठिक पारेर दिनुपर्ने छ ।’

    धनी, सम्पन्न परिवारमा दाजुभाइले दिदी बहिनीको लागि चाड पर्वमा लुगा, फलफूल, मिठाइ, पैसालगायत उपहार दिने गरे पनि गरिब परिवारमा यस्तो कल्पना पनि गर्न नसकिने स्थानीयको भनाइ रहेको छ।

    तराई मधेसका गाउँ घरका मजदुर, किसान तथा विपन्न परिवार पुस्तौं पुस्तादेखि अहिलेसम्म भाइटीका वा अन्य चाडपर्वमा समेत बढीमा भात, तरकारी र पुरानै लुगाको भर हुने गरेको छ ।  न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार