Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोभिडबाट एकैदिन अर्घाखाँचीमा दुई जनाको ज्यान गयो


    शुक्रबार, कार्तिक १९ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हरिप्रसाद भुसाल

    अर्घाखाँची । कोरोना संक्रमणबाट बिहीबार एकै दिन अर्घाखाँचीमा दुई जनाको ज्यान गएको छ ।

    सन्धिखर्क नगरपालिका-१ का ६६ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा र भूमिकास्थान नगरपालिका-४ का ५९ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा बिहीबार ज्यान गएको हो । योसँगै कोभिडबाट ज्यान गुमाउनेको संख्या अर्घाखाँचीमा ८९ पुगेको छ ।

    त्यस्तै आज अर्घाखाँची जिल्लामा तीन जना कोभिड संक्रमण मुक्त भएका छन् भने दुई जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

    योसँगै अर्घाखाँचीमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ४ हजार ४ सय ५१ पुगेको छ भने हाल अर्घाखाँची जिल्लामा ५८ जना सक्रिय संक्रमित रहेका छन् ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार