Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवाखालबाट पक्राउ परेका सभापतिलाई छुटाउन गृहमन्त्रीको सचिवालयमार्फत् चलखेल


    शुक्रबार, कार्तिक १९ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । जुवा अखडाबाट पक्राउ परेका दोलखा कांग्रेसका सभापति बर्मा लामालाई छुटाउन शक्तिकेन्द्रमा चर्को दबाब परेको छ । गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयमा कार्यरत दोलखा घर भएका राकेश राई पनि लामालाई छुटाउन सक्रिय भएका छन् । तर जुवा अखाडाबाट पक्राउ परेकालाई मुद्दा नचलाई छुटाउन प्रहरीलाई गाह्रो छ ।

     तिहारको समयमा जुवातास खेल्नेहरुका कारण अपराधका घटनामा बृद्धि भएकाले गृहमन्त्रालयले प्रहरीलाई कडाइ गर्न निर्देशन दिएअनुसार प्रहरी टोली संभावित स्थानमा तैनाथ गरिएको छ । प्रहरीले जुवातास नियन्त्रणमा सक्रियता देखाउँदा सभापति लामा नै पक्राउ परेका हुन् । गृहले नै दशैं तिहारमा जुवा बिरुद्ध कडा एक्सन लिन निर्देशन दिने र पार्टीका जुवा अखाडाबाट पक्राउ परेका पार्टीका जिल्ला सभापति लामालाई छोड्न दबाब दिँदा त्यसको गलत सन्देश जाने भएकाले पनि लामासहित १८ जुवाडेकोे तिहार थुनामै बित्ने भएको छ । 

    सभापति लामा काठमाडौंमा प्रायः आइरहने र जुवामा लत बसेकाले बाह्रमासे जुवाडेका रुपमा कांग्रेस कार्यकर्तामाझ चिनिन्छन् । बाह्रमासे जुवा खेल्दा पनि प्रहरीको नजरबाट बच्दैआएका उनी यसपटक भने फन्दामा परेका छन् । जुवा खेल्दाखेल्दै सभापति नै पक्राउ परेपछि कांग्रेसको प्रतिष्ठामा समेत आँच पुगेको छ । जुवा अखाडाबाट पक्राउ परेका उनलाई छुटाउन शक्ति केन्द्र लागे पनि उनी छुट्ने अवस्था भने छैन । उनी कार्यालय खुलेपछि मुद्दा दर्तापछि मात्र छुट्ने प्रहरी स्रोत बताउँछ । तर सभापति लामालाई आजै छुटाउने भन्दै छुटाउन दोलखा कांग्रेसका नेताहरु भने लागेका थिए । गृहमन्त्री खाँणले फोन महानगरीय आयुक्त वा परिसर प्रमुखलाई फोन गरे छुट्ने भन्दै लामाका निकटहरु कुदाकुद गरिरहेका छन् । 

    गृहमन्त्री खाँणले जुवाडे छुटाउन प्रहरीलाई दबाब दिंदा उनी नै बदनाम हुने अवस्था छ । तर सभापति लामाले भने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पाल, डीआइजी उत्तम सुवेदी, महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहमाथि कांग्रेसका नेताहरुमार्फत् दबाब दिइरहेका छन्् ।

    जुवा अखाडाबाट पक्राउ परेकाहरुको सूचीमा सबैको स्थायी ठेगाना लेखिए पनि सभापति लामाको भने काठमाडौंको ठेगानामात्र राखिएको छ । दोलखा कांग्रेसको सभापति भए पनि प्रहरीले उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्तीको बासिन्दा भएको उल्लेख गरेको छ । पक्राउ परेका जुवाडेहरुको सूचीमा उनको स्थायी ठेगाना समेत राखिएको छैन ।

    पक्राउ परेका जुवाडेहरु को को हुन् ?

     बिहीबार राति ११ बजे नयाँबस्ती, ओलाङचुङगोला गुम्बा अगाडि सागर लामाले कोठा भाडामा लिई कौडा खेल्न लगाएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा कांग्रेस दोलखाका सभापति लामासहित १८ जनालाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको थियो । प्रहरीले जुवा अखाडाबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको थियो । 

    प्रहरीले जुवातास खेल्ने अखाडामा विशेष सूचनाको आधारमा छापा मार्दा कांग्रेसका सभापति लामा सहित १८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बौद्धका ५१ बर्षीय माधवप्रसाद आचार्य, रामेछाप घर भई बौद्धमै बस्ने ३६ बर्षका निमा लामा, दोलखा घर भई गोकर्णेश्वर नगरपालिका नयाँबस्ती बस्ने ५२ बर्षीय शान्त थापा, बौद्धका ६१ बर्षीय रामहरि संजेल, रामेछाप घर भई भक्तपुरको राधेराधे बस्ने ५७ बर्षीय गोविन्द तामाङ, रामेछाप घर भई इमाडोल बस्ने ३६ बर्षीय राजेशकुमार श्रेष्ठ छन् ।

    त्यसैगरी, जुवा अखाडाबाट पक्राउ पर्नेहरुमा बौद्धका ५७ बर्षीय केशव पुडासैनी, रामेछापका हाल बौद्ध बस्ने ३१ बर्षीय टासी लामा, रामेछापक घर भई गोकर्णेश्वर बस्ने ५० बर्षीय धर्म लामा, ५१ बर्षका दुर्गालाल सुनार, बौद्धमा बस्ने रामेछापका ३५ बर्षीय मनोज तामाङ, २१ बर्षीय रणबहादृुर घिसिङ, काठमाडौं बुढानीलकन्ठ नगरपालिका १० कपनका २९ बर्षीय सुजन ढुंगेल, सोही नगरपालिका कपनका ४० बर्षीय कृपा गोले, रामेछाप घर भई बौद्ध बस्ने ३१ बर्षका सुमन लामा, दोलखा घर भई भक्तपुरको चाँगुनारायण बस्ने ४० बर्षीय कृष्णबहादुर तामाङ छन् । 

    २ बर्षअघिको तिहारमा भीआइपी जुवा अखाडाबाट पक्राउ परेकाहरुको २४ दिन जेलबास

    २ बर्षअघिको तिहारमा जुवा खालबाट पक्राउ परेका भीआइपी जुवाडे २४ दिन थुनामा बसेका थिए । २०७६ कात्तिक १० गते बिहानै काठमाडौंको महाराजगञ्ज (पिपलमार्ग)बाट पक्राउ परेका २५ जना ‘भीआईपी’ जुवाडेमध्ये ६ जनाले सर्वोच्च अदालत नै गुहारे पनि उनीहरु तिहारमा त खोरमै बस्नुपर्यो नै, २४ दिन नै हिरासतमा बस्न बाध्य भएका थिए । नियम अनुसार २४ दिन प्रहरीले अनुसन्धानका लागि थुनामा राख्न पाउँछ । तर जुवामा पक्राउ परेकाहरु बढीमा ५ दिनदेखि ७ दिनमा मुद्दा दर्ता गरी छुट्ने गर्दैआएका छन् । तर सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका भाइ प्रभुशमशेरसँगै पहुँच भएका मिटरब्याजको धन्दाबाट उदाएका बलराम सापकोटा ‘बले’ समेत सबै भीआइपी जुवाडे २४ दिन हिरासतमा बस्नुपरेकाले पावर भए पनि जुवामा पक्राउ परेकाहरु मुद्दा दर्ता नभई छुटदैनन् भन्ने प्रष्ट छ ।

    bale.jpg
    भीआइपी जुवा अखाडाबाट २ बर्षअघि पक्राउ परेका बलराम सापकोटा बलेलगायतका जुवाडेहरु

    त्यतिबेला प्रधानन्यायाधीशसम्म पहुँच छ भन्दै पक्राउ परेकामध्ये बलराम सापकोटा, श्रवण गोयलसमेत ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै पक्राउ परेकै दिन दिउँसो नै सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जुवाडेहरुसँग घुस खाएर छाडेको आरोप लागेर विवादमा पर्ने भएपछि न्यायाधीश पुरुषोत्तम भण्डारीले समेत उनीहरुलाई छाडेका थिएनन् । त्यतिबेला पक्राउ परेकामध्ये बन्द्रीय प्रत्यक्षीकरणको रिट दायर गर्नेमा बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामा थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार