Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ


    शुक्रबार, कार्तिक १९ २०७८
    430
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

    मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी) ३४ वर्षीय कमल वुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन्  । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९०  रुपैयाँ बरामत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार