Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकप क्रिकेट: वेस्टइन्डिज समूह चरणबाटै बाहिरियो


    शुक्रबार, कार्तिक १९ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । साविक विजेता वेस्टइन्डिज टि-२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिएको छ । सुपर १२ को समूह १ मा रहेको वेस्टइन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

    बिहीबार भएको खेलमा जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ रन बनायो ।

    वेस्टइन्डिजका लागि युवा ब्याटर शिम्रन हेटमायरले ५४ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ८१ रनको उत्कृष्ट अविजित पारी खेलेपनि टिमको हर टार्न भने सकेनन्। यस्तै, निकोलस पुरनले ३४ बलमा ६ चौका र १ छक्का सहित ४६ रन बनाए ।

    श्रीलंका स्पिनर वान्दिुन हसरंगा चामिका करुणारत्ने र बिनुरा फर्नान्डोले समान २ विकेट लिए। 

    त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । श्रीलंकाका चरिथ असलंकाले ४१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिए ।

    वेस्टइन्डिजका आन्द्रे रसेलले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभोले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार