Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पत्रकार महासंघ हुम्लाको जग्गा खरिदका लागि देउसी भैलो


    बिहिबार, कार्तिक १८ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट। नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले जग्गा खरिदका लागि आजबाट देउसी भैलो अभियान थालेको छ । आज पहिलो दिन देउसी भैलोबाट ३९ हजार ६ सय ४५ रुपैयाँ रकम संकलन गरिएको बताइएको छ ।

    प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायीक पत्रकार, भन्ने नाराका साथ महासंघ जिल्ला शाखाका अध्यक्ष राजन रावतको नेतृत्वमा देउसी भैलो अभियान सुरु गरिएको हो ।

    महासंघ हुम्ला शाखाको जग्गा खरिदका लागि देउसी भैलो खेलिएको अध्यक्ष रावतले बताए । देउसी भैलो कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले उद्घाटन गरेका थिए ।

    जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागितामा देउसी भैलो खेलिएको छ। विगत लामो समयदेखि पत्रकार महासंघका लागि जग्गा खरिद गर्ने भनिए पनि आर्थिक अभावका कारण त्यो सम्भव हुन सकेको थिएन । तर, देउसी भैलो खेलेको रकमले थोरै भए पनि जग्गा खरिदमा सहयोग पुग्ने विश्वास लिइएको रावतले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार