Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवा अखाडामा प्रहरीको छापा, १६ लाख भन्दा बढी रकम बरामद


    बिहिबार, कार्तिक १८ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कास्की, माछापुच्छ्रे गाउँपालिका–२ तातोपानीस्थित तातोपानी ईन होटलमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा हरिनाश गाउँपालिका–३ बस्ने २८ वर्षीय कमल भण्डारी लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १५ लाख २४ हजार ७० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

    मोरङ, विराटनगर महानगरपालिका–११ बसपार्कस्थित न्यू ताप्लेजुङ होटलमा तास खेलिरहेको अवस्थामा सिन्धुली भिमफेदी बस्ने ३८ वर्षीय मोतिलाल श्रेष्ठ लगायत ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय ‘क’ विराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ४ सय २० रुपैयाँ  र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार