Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डडेल्धुराका पहिरो पीडितको तिहार खल्लो


    बिहिबार, कार्तिक १८ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित गुएलीखेत गाउँका स्थानीयको तिहार खल्लो बनेको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले गरेको क्षतिका कारण उनीहरूको तिहार खल्लो बनेको हो । 

    तिहारको माहौल छ । तर, गुएलीखेत गाउँका नागरिकलाई भने तिहारले छोएको छैन । अविरल वर्षाले यहाँको २०/२५ परिवारको खेतीयोग्य जमिन बगरमा परिणत भएपछि गाउँ नै चिन्तित छ । 

    तिहार लागे पनि आफूहरूलाई तिहारको रौनकले नछोएको स्थानीय सावित्री अवस्थी बताउँछिन् । खेती योग्य जमिन बगरमा परिणत भएपछि साँझ बिहानको छाक कसरी टार्ने भन्दै पिरोल्न थालेको उनको दुखेसो छ । 

    ‘न खेत रह्यो न त घर नै । प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाँडसम्म आइपुग्दा हामीहरूले राहत समेत पाएनौं,’ स्थानीय जमुना देउवा भनिन् ।

    राहतको आशा आफूलाई नभएको र आफ्नो बगरमा परिणत भएको खेतको बालुवा स्काभेटर लगाएर खेती योग्य जमिनमा परिणत गरिदिन उनको माग छ ।  

    २०/२५ परिवारको ३५ रोपनी जमिन बगरमा परिणत बनाएको स्थानीय विश्वनाथ अवस्थीको भनाइ छ। ‘बुधबार गृहमन्त्री खाँण आए पनि क्षतिको अनुगमन गरेनन् । अब राहतको के आशा राख्नु । टाठाबाठा बाहेक वास्तविक पीडित मन्त्रीको न कुरा सुने न त  अनुहार नै देखे,’ उनले भने । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार