Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादी : विदेश विभाग प्रमुखमा झलनाथ खनाल, भुसालले पाए संगठनकाे जिम्मा


    बिहिबार, कार्तिक १८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँच विभाग गठन गर्दै कार्यभार तोकेको छ ।

    एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।

    विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् भने संगठन विभागको जिम्मा महासचिव वेदुराम भुसालले पाएका छन् ।

    उपमहासचिव गंगालाल तुलाधारले शिक्षा र विपद् व्यवस्थापन विभागको जिम्मा पाएका छन् भने गोविन्द कोइराला सहकारी विभाग प्रमुख बनेका छन् ।

    बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक २७ र २८ कात्तिकमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार