Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालीगण्डकीमा बेपत्ता युवाको गाेताखोरमार्फत खोजी


    बिहिबार, कार्तिक १८ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी । कालीगण्डकीमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका-८ का शंकर पौडेलको खाेजी सशस्त्र प्रहरीको गोताखोरमार्फत भइरहेकाे छ ।

    प्रादेशिक विपद् व्यवस्थापनबाट सशस्त्र प्रहरी निरीक्षक भूपालविक्रम शाहको नेतृत्वमा सात जनाको टोली घटनास्थल आएको छ । मलामी गएका पौडेल चार दिनदेखि सत्यवती गाउँपालिका-१ रुद्रवेणीघाटस्थित कालिगण्डकीमा बेपत्ता छन् ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयास असफल भएपछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार