Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शर्माको सम्झनामा अक्षयकोष स्थापना, ऊर्जामन्त्री भुसालले दिइन् एक महिनाको तलब


    बिहिबार, कार्तिक १८ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुरका वामपन्थी नेता ठक्कर शर्मा बजगाईको स्मृतिमा अक्षयकोष स्थापना हुने भएको छ । ललितपुरको थसिखेलमा आयोजित श्रद्धाञ्जली सभामा बाग्मती प्रदेश कमिटी सदस्य दिपेन्द्र श्रेष्ठले अक्षयकोष स्थापना लागि राखिएको प्रस्तावमा ऊर्जामन्त्री पम्फा भुसालले एक महिनाको तलब दिने घोषणा गरिन् ।

    मन्त्री भुसालले ६८ हजार तलबमध्ये पार्टीले लिने १५ हजार लेबीबाहेक ५३ हजार रुपैयाँ शर्माको स्मृतिमा निर्माण हुने संस्थालाई दिने बताइन् । शर्माको स्मृतिमा स्थापना गरिने अक्षयकोषले सामाजिक काम गर्ने नेता श्रेष्ठले बताए ।

    गत ५ कात्तिकमा शर्माको फोक्सोको क्यान्सरका कारण मृत्यु भएको थियो ।
    प्रदेश सासंद माधव पौडेलले निष्ठाको राजनीति गर्ने शर्माको स्मृतिमा अक्षयकोष बनाएर सामाजिक काम गर्नु सराहनीय भएको बताए । उनले आफू अक्षयकोषमा योगदान गर्न तयार रहेको बताउँदै सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।

    एमाओवादीमा स्थायी समिति सदस्य लीलामणि पोखरेलले विद्यार्थी राजनीतिकालमा शर्मा जल्दाेबल्दो नेताको रूपमा उदाएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार