काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने बताएका छन् ।
आउँदो चुनावसम्मै यही गठबन्धन रहने संकेत गर्दै उनले गठबन्धन पुरै समयसम्म चल्ने बताएका हुन् ।
बेलायत भ्रमण गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन पुरै समय रहन्छ,‘गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ।’
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ ।
प्रधानमन्त्री देउवा बेलायत भ्रमण गरी स्वदेश फर्किएका हुन् ।