Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विद्युतको पावर हाउसमा ताला लगाउने स्थानीयको चेतावनी


    बुधबार, कार्तिक १७ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट । लुमखोला घट्टेखोला जलविद्युत आयोजना यांचुको पावरहाउसमा पानीले क्षति पुराएपछि विद्युत व्यवस्थापन समितिले चासो नराखेको आरोप लगाउँदै  स्थानीय सेवा ग्राहीले विद्युतको पावर हाउस नै ताला लगाउने चेतावनी दिएका छन् ।

    खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको लुमखोला घट्टेखोला जलविद्युत आयोजना यांचुको पावर हाउसमा पानीले क्षेत्री पुराएपछि दुई हप्तादेखि स्थानीय उज्यालोबाट वञ्चित भएका छन् ।

    असोज ३१ गतेबाट तीन दिनसम्म लगातार परेको अविरल वर्षाका कारण मुहानको लहरदेखि पावर हाउसको भित्रैसम्म पानी पसेपछि दुई हप्तादेखि विद्युत बन्द भएको लुमखोला घट्टेखोला जल विद्युत आयोजनाका अपरेटर बालकृष्ण शाहीले जानकारी जानकारी दिए ।

    खार्पुनाथ गाउँपालिकामा रहेको लुमखोला घट्टेखोला जलविद्युत जम्मा २० वाट रहेको विद्युतको मेसिनहरूमा पानी छिरेपछि हाल दुई हप्तादेखि वडा नम्बर ५ का स्थानीय उज्यालोबाट वञ्चित भएका हुन् ।

    पानीले मेसिन खराब गरेको जानकारी विद्युत व्यवस्थापन समितिका पदाधिकारीलाई गराउँदा समेत तातातिर कसैको ध्यान जान नसकेको अपरेटर शाहीले आरोप लगाए ।

    हाल उक्त विद्युत बन्द भएपछि खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का करिब ८० घरधुरीका सेवाग्राही प्रभावित भएका छन् । विद्युत २०७१ सालबाट सञ्चालनमा आएको हो ।

    अविरल वर्षाले बन्द भएको विद्युतको पुनः सुचारुका लागि व्यवस्थापन समितिले वास्ता नगरेमा पावरहाउसमा समेत ताला लगाइने भएको अपरेटर शाहीले चेतावनी दिएका छन् ।

    सुरेश परियार/न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार