Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज कोरोना खोप


    बुधबार, कार्तिक १७ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराएको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् । 

    लसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रूपमा उपलब्ध गराइसकेकाे छ ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले नेपालमा कोभिड नियन्त्रणका लागि हालसम्म स्वास्थ्य सहायता सामग्री पनि अनुदान सहायता स्वरूप उपलब्ध गराउँदै आएको समेत जानकारी दिए ।

    चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप कोभिडविरूद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे ।

    यस्तै, चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरूद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्।

    उनले २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन्।

    राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पुर्‍याउने प्रतिवद्धता समेत व्यक्त गरिन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार