Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रोहित शेट्टीले गरे रणवीर सिंह बाबु बन्न लागेकाे संकेत


    बुधबार, कार्तिक १७ २०७८
    520
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दीपावलीलाई लक्षित गर्दै भारतमा बिग रिलिज हुने तयारीमा रहेको फिल्म ‘सूर्यवंशी’ को प्रमोसनमा निर्देशक रोहित शेट्टी र कट्रिना कैफ व्यस्त छन् ।  विभिन्न टिभी शोमा पुगेर उनीहरूले आफ्नो फिल्मलाई प्रमोसन गरिरहेका छन् । फिल्मका लिड एक्टर अक्षय कुमार फिल्म छायांकनमा व्यस्त भएकाले फिल्मको प्रमोसनमा निर्देशक र नायिका व्यस्त छन् ।  

    यसैक्रममा रोहित रणवीर सिंहको टिभी शोमा सहभागी भए । रोहितले रणवीरसँग सिम्बामा काम गरिसकेका छन् भने सर्कस पोष्ट प्रोडक्सनमा छ । सूर्यवंशीमा पनि रणवीरको केमियो छ । यसैले गर्दा पनि रणवीर र रोहित नजिक छन् । शोमा कुराकानी गर्ने क्रममा रोहितले रणवीर पिता बन्न लागेकाे संकेत गरे ।

    एक प्रसंगमा रोहितले रणवीर पिता बन्दैछ भने । यद्यपि उनले त्यसलाई सच्याउन खोजे । तर, यो कुराले यतिबेला बी-टाउनमा राम्रै चर्चा पाइरहेको छ । रणवीरले अभिनेत्री दीपिका पादुकोणसँग सन् २०१८ मा विवाह गरेका हुन् । यी दुईले आफ्नो दशक लामो प्रेमलाई विवाहमा परिणत गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार