Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेटमणिको दाबी: एमाले प्रत्यक्षमा एक सिट पनि जित्दैन


    बुधबार, कार्तिक १७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आउने निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ एकसिट पनि नजित्ने दाबी गरेका छन् ।

    लुम्बिनी प्रेस क्लबले बुधबार बिहान भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले आउने निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ एकसिट पनि नजित्ने दावी गरेका हुन् ।

    ‘१६५ निर्वाचन क्षेत्र मध्ये एमालेको कुनै पनि स्थानमा जित्न सक्दैन’–चौधरीले भने–‘समानुपातिक तर्फ १०–१२ सिट आउला ।’

    एमालेलाई ओली कम्पनीको संज्ञा दिंदै चौधरीले आउँदो निर्वाचनमा ओलीबाहेक सबै कम्युनिष्ट पार्टी एक भएर चुनाव लड्ने दावी समेत गरे । ‘कम्युनिष्टहरुबीच एकता वा मोर्चा हुन्छ’– उनले भने, ‘यस्तो एकतामा केपी ओली हुने छैनन् ।’

    उनले अहिलेको सत्ता गठबन्धन निर्वाचनसम्म मात्र नभई निर्वाचनपछि पनि कायम रहने समेत जनाए । एमाले कम्युनिष्ट विचार र सिद्धान्तबाट विचलित भएको भन्दै सोही कारण नेपालको कम्युनिष्ट आन्दोलन अत्यन्तै अफ्ठयारो अवस्थामा पुगेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार