Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूमिहीन र सुकुम्बासीको समस्या चाडै समाधान गर्ने भूमिसुधार मन्त्री श्रेष्ठको प्रतिबद्धता


    बुधबार, कार्तिक १७ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । भूमिसुधार तथा सहकारीमन्त्री शशी श्रेष्ठले दलित, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाई छिट्टै लालपुर्जा वितरण गर्ने बताएकी छन् ।

    महोत्तरीको रामगोपालपुरमा गाउँ, ब्लक तथा एैलानी जग्गाको उपभोगकर्तालाई लालपुर्जा वितरण गर्न आएकी मन्त्री श्रेष्ठले बोल्ने भन्दा पनि काम गरेर देखाउने दाबी गरिन ।

    किसानहरूको समस्यालाई मुख्य प्राथमिकतामा राखेको बताउँदै मन्त्री श्रेष्ठले भनिन्, `ढिलासुस्ती तथा कानुनको अभावमा काम नगर्ने प्रवृत्तिको अन्त्य गर्दै नयाँ ढंगबाट अगाडि बढ्ने मेरो अठोट हो ।´

    फास्ट ट्र्याकबाट काम भइरहेको जिकिर गर्दै उनले अघिल्लो भूमि आयोगले गरेका राम्रा कामको स्वामित्व लिने पनि बताइन् । उनले राष्ट्र र जनताका पक्षमा जसले राम्रो काम गरेको भए पनि सधैं धन्यवादको पात्र बन्ने र केही बाधा, अडचन र चुनौती भए त्यसलाई समाधान गर्नेतर्फ उन्मुख भएको मन्त्री श्रेष्ठकाे भनाइ  थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार