Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाश र रोदन जनही ५० हजार पाँच रुपैयाँसहित सम्मानित


    मंगलबार, कार्तिक १६ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर। ग्वंगः सिरपा सम्मान- २०७८ बाट ‘अभिवन्द्य’ निबन्ध कृतिका निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ र ‘वीरग्रन्थ’ निबन्ध कृतिका सर्जक तिलक प्रकाश पुरस्कृत तथा सम्मानित भएका छन् ।

    मंगलबार साहित्यिक सम्मान सङ्गमको आयोजनामा श्रेष्ठ र रोदनलाई  जनही ५० हजार पाँच रुपैँयाँ पुरस्कार प्रदान गरिएको हो । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र तेजेश्वरबाबू ग्वंगःले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

    कुलपति उप्रेतीले ग्वंग: भक्तपुरका मात्र नभएर मुलुकमै निर्बन्ध निबन्ध लेख्ने पहिलो संस्कृतिविद् रहेका र मुलुकभित्र निबन्ध जगत्‌मा पहिलो पटक ठूलो राशिको पुरस्कार स्थापना कार्य सराहनीय रहेको बताए ।

    वरिष्ठ संस्कृतिविद्  तथा साहित्यकार तेजेश्वरबाबू ग्वंग:ले आफ्नो जीवनमा नुन, चुन र सुनमा खर्च नहुने रकम अर्थात् आफूले जीवनभर पाएका पुरस्कार रकम संकलन गरेर अक्षयकोष खडा गरी ग्वंगः सिरपा सम्मान स्थापना गरेको बताए ।

    पुरस्कृत तथा सम्मानित सर्जक श्रीओम श्रेष्ठ ‘रोदन’ले ग्वंग: नेपाली निबन्ध र साहित्यका मात्र धरोहर नभई संस्कृतिभित्र विज्ञान खोज्ने र पुष्टि गर्ने संस्कृतिविद् रहेको धारणा राखे । उनले राजनेताहरूबाट दिइने पुरस्कार तथा सम्मानभन्दा विशुद्ध साहित्यकारबाट प्रदान गरिने पुरस्कारको ओैचित्य सबैभन्दा उच्च रहेको बताए ।

    त्यस्तै, पुरस्कृत तथा सम्मानित अर्का सर्जक तिलक प्रकाशले आफ्नो कृति ‘वीरग्रन्थ’ले पाएको पुरस्कार तथा सम्मान जिउँदा शहीदहरूको सम्मान भएको बताए । उनले कृतिमा जिउँदा शहीदहरूका विषय समेटेका छन् ।

    उक्त पुरस्कार सर्जक ग्वंगःको जन्मदिनको अवसर पारेर प्रदान गरिको हो । ग्वंग मंगलबार ८७ वर्षमा प्रेवेश गरेका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार