Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैदेशिक रोजगारबाट फर्कनेहरुलाई लुटपाट गर्ने २ जना पक्राउ


    मंगलबार, कार्तिक १६ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कतार, दुवई, मलेशिया लयायतका देशहरुमा वैदेशिक रोजगारका लागि गएकाहरु फर्कने क्रममा लुटिएको गुनासो आएपछि महानगरीय परिसर काठमाडौं वृत्त गौशालाको विशेष टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालित हुँदैआएको थियो ।

    प्रहरी टोलीले लुटेराहरुको खोजतलास गर्ने क्रममा २०७८ कात्तिक ११ गते ९.३० वजे कतारको उडानबाट ओर्लनासाथ ट्याक्सी चढी दाजुको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडि लुट्नेलाई पक्राउ गर्न सफल भएको छ ।

    दुई वटा मोटरसाइकलले ट्याक्सीको बाटो छेकी २ थान मोवाइल, ६ सय कतारी रियाल र २५ ग्रामको सुनको औंठी थान १ लुटी फरार भएका मध्ये २ जना लुटेरालाई सोमबार लुटेको मोवाईल थान १ र सो।सा सहित महानगरीय परिसर काठमाडौ वृत्त गौशालाको विशेष टोलीले नियन्त्रणमा लिई वृत्त गौशालामा बुझाएको छ । लुटेराको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार