Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द


    मंगलबार, कार्तिक १६ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।चितवनको भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत् आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउँसोबाट विद्युत् बन्द भएको हो ।

    प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो ।

    प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर बदली भइरहेको र छिट्टो भन्दा छिट्टो विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको बताए । उनले रातभरि मर्मतको काम गरिने उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार