Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गैंडाको खागजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ


    मंगलबार, कार्तिक १६ २०७८
    360
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले गैंडाको खागजस्तो देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरेको छ।

    प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारा क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएकाे हाे ।

    पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीया फूलमाया विक र काठमाडौंको तार्केश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार छन्। 

    अवैध रूपमा वन्यजन्तुको आखेटोपहारको अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा टोली खटिएको थियो। सो टोलीले मंगलबार गैंडाको खागजस्तो देखिने वस्तुसहित पक्राउ गरेको हो। 

    प्रहरीले ९ सय ग्रामको गैंडाको खागजस्तो देखिने वस्तु बरामद गरेको हो। 

    प्रहरीले थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय, हात्तीसार बुझाउने तयारी गरेको बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार